SHARE
पर्दाफास · मङगलबार ३ भौ २०८२ ११:४९ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओलीको टिप्पणी- अदालतलाई झोक चल्दा प्रधानमन्त्री नियुक्ति र बर्खास्ती हुन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई झोक चल्दा प्रधानमन्त्री समेत बर्खास्ती र नियुक्ति गर्ने गरेको टिप्पणी गरेका छन् । राष्ट्रिय सूचना आयोगद्वारा मंगलवार आयोजित १९ औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्री संसदबाट चुनिने भएकाले अदालतको विषय नरहेको बताए ।