SHARE
पर्दाफास · आइबार​ १४ असार २०८३ ०८:२६ AM · 1 मिनेट पढाइ

चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा युवक पक्राउ

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा चिकित्सकलाई अभद्र व्यवहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार असार १० गते दिउँसो चन्दननाथ नगरपालिका–३ निवासी ३० वर्षीय लवबहादुर सेजुवाल मादक पदार्थ सेवन गरी प्रतिष्ठानको आकस्मिक कक्षमा प्रवेश गरेका थिए । उनले ड्युटीमा रहेका चिकित्सकहरूलाई अभद्र व्यवहार गरेपछि तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।