SHARE
पर्दाफास · मङगलबार ३ भौ २०८२ ११:५३ AM · 1 मिनेट पढाइ

वर्तमान संविधानका कारण प्रतिस्पर्धी दलसँग मिलेर काम गर्नुपर्ने अवस्था छ : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिस्पर्धी राजनीतिक दलसँग मिलेर काम गर्नुपर्ने अवस्था रहेको बताएका छन् । अहिलेको संविधानले कसैलाई पनि बहुमत नदिने भन्दै प्रतिस्पर्धीसँग पनि मिलेर सँगै काम गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।