SHARE
पर्दाफास · मङगलबार ३ भौ २०८२ १२:२८ PM · 1 मिनेट पढाइ

योगेश भट्टराईले भने- काँग्रेससँग सल्लाह गरेर हस्ताक्षर गरेका होइनौँ, संयोग पर्‍यो

नेकपा एमाले सचिव योगेश भट्टराईले सांसदहरूको हस्ताक्षर राजनीतिक दलहरूले दुरुपयोग नगर्ने स्पष्ट पारेका छन् । सिंहदरबारमा मंगलवार हस्ताक्षर गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बेला बेलामा दलले आफ्ना सांसदहरूको हस्ताक्षर लिनु कुनै नौलो कुरा नभएको बताए । काँग्रेस र एमालेले सल्लाह गरेर हस्ताक्षर नगरेको भन्दै एकैदिन पर्नु संयोगमात्रै भएको बताए।