युवाहरू तयार भए पद छोड्न तयार छु : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन् । मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले युवाहरूको समय रहेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले युवाहरू अघि बढेर देश विकासमा लाग्नुपर्ने बताए ।
