SHARE
पर्दाफास · मङगलबार ३ भौ २०८२ ०१:२८ PM · 1 मिनेट पढाइ

सङ्घ संस्था दर्ता अब सङ्घीय पञ्जीकरण अधिकारीमार्फत हुने

सामाजिक सेवा तथा विकास क्षेत्रमा क्रियाशील सङ्घ/संस्थालाई व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन सरकारले नयाँ कानुनी ढाँचा अघि बढाएको छ । गृह मन्त्रालयले मंगलबार सार्वजनिक गरेको सङ्घ संस्था दर्ता, नियमन तथा व्यवस्थापन विधेयक मस्यौदाअनुसार अब देशभरका सङ्घ संस्थाहरू सङ्घीय पञ्जीकरण अधिकारीमार्फत दर्ता हुने र सोही अधिकारीले नियमन गर्ने व्यवस्था गरिएको छ ।