SHARE
पर्दाफास · आइबार​ १४ असार २०८३ ०७:२५ AM · 1 मिनेट पढाइ

प्राइभेट मेसेज प्रकरण : मिडिया ह्यान्डल गर्नेहरूले दुरूपयोग गरेको सुजन चापागाईंको आशंका, भन्छन्- अब कानूनी उपचारमा जान्छु

गायक सुजन चापागाईंले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर सार्वजनिक भइरहेका प्राइभेट मेसेज तथा अन्य सामग्रीबारे  औपचारिक धारणा सार्वजनिक गरेका छन्। उनले हाल आफू अस्ट्रेलियामा ‘सुजन चापागाईं एन्ड द इन्फिनिटी म्युजिकल टुर’मा रहेको जानकारी दिँदै सार्वजनिक भएका विषयप्रति गहिरो चिन्ता र दुःख व्यक्त गरेका छन्।