SHARE
पर्दाफास · मङगलबार ३ भौ २०८२ ०१:४० PM · 1 मिनेट पढाइ

मकवानपुरमा किरिया बसेको घरमा चट्याङ पर्दा एकको मृत्यु, ७ जना घाइते

मकवानपुरमा किरिया बसेको एक घरमा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । मकवानपुरको मनहरी गाउँपालिका-६ हाङलाङ स्थित पालबहादुर घलानको घरमा चट्याङ खसेको हो । पालबहादुरको घरमा चट्याङ खस्दा किरियाको काममा सघाउन आएका छिमेकी दैलीडाँडा बस्ने ४२ वर्षीय विशाल ब्लोनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।