SHARE
पर्दाफास · आइबार​ १४ असार २०८३ ०६:३९ AM · 1 मिनेट पढाइ

चीनद्वारा पीएलएका ६ वरिष्ठ सैन्य अधिकारी पदमुक्त

चीनले जनमुक्ति सेना (पीएलए) का छ जना वरिष्ठ सैन्य अधिकारीलाई राष्ट्रिय जन कांग्रेस (एनपीसी) को सदस्यताबाट हटाएको छ। यसलाई राष्ट्रपति सी जिनपिङले सेना भित्र भ्रष्टाचार नियन्त्रण, राजनीतिक निष्ठा सुदृढीकरण तथा सैन्य पुनर्संरचनालाई तीव्र बनाइरहेको अभियानको पछिल्लो कडीका रूपमा हेरिएको छ।