SHARE
पर्दाफास · आइबार​ १४ असार २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

संसदमा ज्ञानेन्द्र शाहीको प्रस्ताव- ट्राफिक नियमसँगै राज्यको लापरबाहीमा पनि जरिवानाको व्यवस्था गर्नुपर्छ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले ट्राफिक नियम उल्लंघन गर्ने नागरिकलाई कडा कारबाही गर्ने व्यवस्था लागू गरिए राज्य पनि आफ्ना दायित्वप्रति समान रूपमा जवाफदेही हुनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा कानुनी सजाय गर्ने विषयमा आफूहरूको विरोध नरहेको स्पष्ट पारे।