SHARE
पर्दाफास · आइबार​ १४ असार २०८३ ०१:४३ AM · 1 मिनेट पढाइ

एक साता स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दै

संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको २८ औँ बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार बैठक आज बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो। तेस्रो पटक स्थगित बैठक आज बस्ने छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएको थियो।