सिरुटार र बालकोटलाई गरियो बालमैत्री स्थानीय शासनयुक्त घोषणा
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियानअन्तर्गत आज सूर्यविनायक नगरपालिका–१ सिरुटार र वडा नं २ बालकोटलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको छ । आज सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिका–१ सिरुटारलाई र वडा नं २ बालकोटलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरी प्रमाणपत्र प्रदान गरेका हुन् ।
