SHARE
लोक पथ · शनिबार ३१ साउन २०८२ ०७:१८ AM · 1 मिनेट पढाइ

ट्रम्प भन्छन् : ‘पुटिनसँग राम्रो छलफल भयो तर कुनै सम्झौता भएन’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अलास्का राज्यको एन्कोरेजमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गरेका छन् । बैठक फलदायी भए पनि दुई राष्ट्रपतिबिच कुनै औपचारिक सम्झौता हुन सकेको छैन । बैठकपछि दुवै राष्ट्रपति संयुक्त पत्रकार सम्मेलनमा देखिएका थिए ।