रवि लामिछानेलाई काठमाडौं ल्याइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदैछ । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई आज नख्खु कारागारमा सरुवा गरेर ल्याउन लागिएको हो । लामिछानेको निवेदन अनुसार हिजो कारागार विभागले उनलाई सरुवा गर्ने निर्णय गरेको थियो ।
