पाकिस्तानमा भारी वर्षापछिको बाढी र पहिरोले १९४ जनाको ज्यान लियो
काठमाडौं । पाकिस्तानमा गएको २४ घण्टामा अत्यधिक वर्षापछि १९४ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले यसबारे जानकारी दिएको हो । उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ १८० जनाको मृत्यु भएको छ । त्यसपछि पाकिस्तान नियन्त्रित कश्मीरमा ९ र उत्तरी गिलगिट–बाल्टिस्तान क्षेत्रमा ५ जनाको मृत्यु भएको छ ।
