SHARE
लोक पथ · शनिबार ३१ साउन २०८२ ०९:०२ AM · 1 मिनेट पढाइ

अछाममा झण्डा फहराउने क्रममा करेन्ट लाग्दा एकको मृत्यु, पाँच घाइते

अछाम । झण्डा फहराउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छभने पाँच जना घाइते भएका छन् । अछाम जिल्लाको बान्निगढी जयगढ गाउँपालिका–१ जयगढ बजारस्थित बर्दादेवी मन्दिर नजिक कृष्ण जन्माष्टमीका अवसरमा लाग्ने मेलाको तयारीस्वरूप सार्वजनिकस्थलमा नेपालको राष्ट्रिय झण्डा गाड्ने क्रममा उक्त फलामे झण्डाले बिजुलीको तारमा छुँदा करेन्ट लागेको हो ।