SHARE
लोक पथ · शनिबार ३१ साउन २०८२ ०९:३५ AM · 1 मिनेट पढाइ

भारतीय विदेश सचिव दुई दिने नेपाल भ्रमणमा आउँदै

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री भोलि  दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन मिस्री काठमाडौं आउन लागेका हुन् ।  यसअघि नै प्रधानमन्त्री ओलीले भदौ ३१ देखि दुई दिनका लागि भारतको भ्रमण गर्ने अनौपचारिक समाचार सार्वजनिक भइसकेको छ ।