SHARE
लोक पथ · शनिबार ३१ साउन २०८२ ०९:५१ AM · 1 मिनेट पढाइ

०८४ मा १९० सिट ल्याउने रास्वपा सांसद खनालको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले रास्वपाले ०८४ मा १९० सिट ल्याउने दाबी गरेका छन् । शनिबार काठमाडौंको जडिबुटीमा मेलुङ शैलुङ–काठमाडौं सम्पर्क विभागले आयोजना गरेको वृहत भेला तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अहिलेका १९ सांसदले नै संसदमा ठूलो प्रभाव पारेको भन्दै भविष्यमा सांसदको संख्या बढेपछि मुख्य दलहरुलाई झन् चुनौती हुने बताएका हुन् ।