SHARE
लोक पथ · शनिबार ३१ साउन २०८२ १०:०२ AM · 1 मिनेट पढाइ

सुक्खा पहिरो खस्दा हेटौँडा–काठमाडौं जोड्ने सडक अवरुद्ध

बागमती । सुक्खा पहिरो खस्दा हेटौँडा–काठमाडौं जोड्ने सडक अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा आज बिहान करिब ९ः३० बजे सुक्खा पहिरो खस्दा फाखेल–दक्षिणकाली हुँदै काठमाडौं जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।