SHARE
लोक पथ · शनिबार ३१ साउन २०८२ १०:२२ AM · 1 मिनेट पढाइ

उपचार होइन, रोग लाग्न नदिने उपायलाई प्राथमिकता दिनुहोस् : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले विधागत पत्रकारितामध्ये स्वास्थ्य पत्रकारिता बढी महत्त्वपूर्ण रहेको बताएका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालको दशौँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले स्वास्थ्य पत्रकारिताले जनतालाई रोगसँग बचाउन र सूचित गराउन योगदान पुर्‍याउँदै आएको उल्लेख गरे ।