विष्णुमती नदीमा जलस्तर सतर्कता तह नजिक, सतर्क रहन आग्रह
काठमाडौं । काठमाडौंको गोङ्गबुस्थित विष्णुमती नदी अहिले सतर्कता तह नजिक पुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, आज दिउँसो ३:२० बजे जलमापन केन्द्रमा गरिएको अवलोकनअनुसार नदीको जल सतह सतर्कता तहमा पुगेको र बढ्दो क्रममा रहेको छ ।
