एमालेलक्षित शेखरको टिप्पणी– ‘जहाँ खाली जग्गा, त्यहाँ एमालेको आँखा’
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले सत्ता साझेदार दल नेकपा एमालेमाथि तीव्र टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले भूमि सम्बन्धी विधेयकमा कांग्रेस सांसदहरूले संशोधन प्रस्ताव राख्दा पनि त्यसमा छलफल गर्न नदिइएको आरोप लगाएका हुन् । कोइरालाले भने, ‘अहिले भूमि सम्बन्धी विधेयक छ ।
