टप एण्ड टी–२० सिरिज : बंगलादेश ‘ए’ ले नेपाललाई दियो १८४ रनको लक्ष्य
काठमाडौं । टप एण्ड टी–२० सिरिजअन्तर्गत नेपाल र बंगलादेश ‘ए’ बीचको खेलमा बंगलादेश ‘ए’ ले नेपालसामु १८४ रनको लक्ष्य प्रस्तुत गरेको छ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेश ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको हो ।
