रविलाई नख्खु कारागार पुर्याइयो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज ललितपुरस्थित नख्खु कारागार पुर्याइएको छ । कारागार व्यवस्थापन विभागको निर्णयअनुसार उनलाई रुपन्देही कारागारबाट सिधै नख्खु कारागारमा स्थानान्तरण गरिएको हो । बुद्ध एयरको विमानमार्फत लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कारागार पुर्याइएको थियो । उनका स्वागतमा नख्खु कारागारमा पार्टीका सांसद, नेता तथा समर्थकहरू उपस्थित थिए ।
