रविले कारागारको ब्लकको भित्तामा लेखेर हिँडे- ‘अब कृष्ण जन्मिने छैन, जन्मेकाहरू नै कृष्ण बन्नुपर्नेछ’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौँको नख्खु कारागार स्थानान्तरण गरिएको छ। पार्टी लुम्बिनी प्रदेशको प्रशिक्षण कार्यक्रममा सहभागी रहेका नेता मनिष झा र उपसभापति डा. स्वर्णिम वाग्लेले लामिछानेलाई कारागारमै भेट्ने प्रयास गरेका थिए। तर कारागार प्रशासनले अनुमति नदिएपछि उनीहरूले भैरहवा विमानस्थलको प्रतीक्षालयमा करिब दुई मिनेट लामिछानेसँग भेट गरेका हुन्।
