SHARE
पर्दाफास · शनिबार ३१ साउन २०८२ १२:४२ PM · 1 मिनेट पढाइ

टोखामा रुख ढलेर अबरुद्ध सडक सशस्त्र प्रहरीले खुलायो

काठमाडौँ जिल्ला टोखा नगरपालिका–२ लघुचोक हुँदै नुवाकोट झोर जाने सडकखण्ड अन्तर्गत खैडोलमा अविरल वर्षाका कारण रुख ढलेर सडक अवरुद्ध भएको छ। खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल, मनसुन प्रतिकार्य सुरक्षा बेस टोखाबाट खटिएको टोलीले ढलेको रुख हटाएर सडक सुचारु गरेको हो।