SHARE
पर्दाफास · शनिबार ३१ साउन २०८२ १२:४८ PM · 1 मिनेट पढाइ

भारतले ट्रम्प–पुटिन अलास्का शिखर वार्ताकाे स्वागत गर्दै युक्रेन युद्ध अन्त्यका लागि संवादमा जोड दियो

भारतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा सम्पन्न शिखर बैठकलाई स्वागत गर्दै यसलाई शान्ति र स्थिरताको दिशामा भएको महत्वपूर्ण कदमका रूपमा  ब्याख्या गरेको छ। शनिबार परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले जारी गरेको विज्ञप्तिमा दुवै विश्व शक्तिका नेताहरूले शान्ति खोजीमा देखाएको नेतृत्व प्रशंसनीय रहेको उल्लेख गरिएको छ।