एमाले लक्षित शेखरको कटाक्ष- ‘जहाँ खाली जग्गा त्यहाँ एमाले’
नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले सत्ता साझेदार दल नेकपा एमालेमाथि ‘जहाँ खाली जग्गा त्यहाँ एमाले’भन्दै टिप्पणी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले अहिले भूमि सम्बन्धी आएको विधेयकमा काँग्रेस सांसदहरूले संशोधन राख्दा समेत त्यसमाथि छलफल गर्न नदिइएको आरोप लगाए ।
