SHARE
पर्दाफास · शनिबार ३१ साउन २०८२ ०१:४६ PM · 1 मिनेट पढाइ

कुलिङ अफ पिरियडमा एमालेले छेडखानी गरेको शेखर कोइरालाको आरोप

नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले संघीय निजामती ऐनमा रहेको कुलिङ अफ पिरियडमा छेडखानी गर्ने काम नेकपा एमालेबाट भएको आरोप लगाएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले यसबारेमा अहिलेसम्म कुरा लुकाए पनि अब लुकाउनुपर्ने आवश्यकता नरहेको बताए ।