SHARE
पर्दाफास · शनिबार ३१ साउन २०८२ ०२:०२ PM · 1 मिनेट पढाइ

टप इन्ड टी–२० सिरिज : नेपाल बंगलादेश ‘ए’ सँग पराजित

कुशल मल्लको अर्धशतकको बाबजुद पनि नेपाल अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा लगातार दोस्रो पटक पराजित भएको छ । टी–२० विश्वकप छनोटको तयारी अभ्यास स्वरुप अष्ट्रेलियामा खेलिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो हार व्यहारेको हो । शनिबार डर्बिनमा भएको खेलमा बंगलादेश ‘ए’ सँग ब्याटर नचल्दा नेपाल पराजित भएको हो ।