SHARE
काठमाण्डुपाटी · बिहीबार ११ असार २०८३ ०९:२१ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशनको पहिलो चरणमा १३ सय ५२ प्रतिनिधिले गरेनन् मतदान

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको पहिलो चरणको निर्वाचनमा १३ सय ५२ जना प्रतिनिधिले मतदान नगरेको पाइएको छ। ९९ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय माध्यमबाट भएको मतदानमा २९५९ जना प्रतिनिधिले मात्रै मत खसालेका थिए। महाधिवेशनमा कुल ४३११ जना प्रतिनिधि सहभागी रहेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी