SHARE
काठमाण्डुपाटी · बिहीबार ११ असार २०८३ ०४:११ AM · 1 मिनेट पढाइ

फिफाद्वारा एन्फा निलम्बित

काठमाण्डु – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेको छ। काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ अनुसार एन्फामाथि निलम्बनको निर्णय गरेको हो। अर्को सूचना नआएसम्मका लागि यो निलम्बन कायम रहने फिफाले जनाएको छ। यो निर्णयसँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै सदस्यता अधिकार गुमाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी