आम नागरिकलाई नागरिकताबिहीन बन्नुपर्ने अवस्थाको अन्त्य गर्न ऐन संशोधन गर्नुपरेको हो : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले आमाको नामबाट मात्र पनि सन्तानलाई नागरिकता दिने कानुनी व्यवस्था गर्न नागरिकता ऐन संशोधन प्रस्ताव गरिएको बताएका छन्। शुक्रवार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।
