अब ट्राफिक प्रहरीसँग हात मिलाउने होइन नमस्कार गर्ने
काठमाडौं । ड्यूटीमा खटिएका ट्राफिक प्रहरीहरुलाई आम सर्वसाधारणहरुलाई नमस्कार गरेर सम्बोधन गर्न भनिएको छ । काठमाडौं उपत्यकामा खटिने ट्राफिक प्रहरीलाई ड्यूटीको समयमा नमस्कारगरी सम्बोधन गर्न सर्कुलर गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सबै ट्राफिक प्रहरीहरूलाई अबदेखि नागरिकलाई सम्बोधन गर्दा नमस्कार गर्न भनेर मंगलबार सर्कुलर गरेको हो ।
