‘भारत र बंगलादेश नेपालसँग बिजुली किन्न आतुर छन्, हामीले उत्पादन गर्न सकेका छैनौँ’
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले भारत र बंगलादेश नेपालसँग विद्युत खरिद गर्न आतुर भएपनि नेपालले उत्पादन बढाउन नसकेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले मागअनुसार नेपालले विद्युत उत्पादन गर्न नसकेको बताएका हुन् ।
