बालेनको निजी क्षेत्रप्रतिको दृष्टिकोणमाथि गगनको असन्तुष्टि, भने– ‘उहाँले निजी क्षेत्रलाई घृणा गर्नुहुन्छ’
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति र निर्णयहरूले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको देखाएको टिप्पणी गरे ।
