SHARE
लोक पथ · शुक्रबार​ २६ भौ २०८३ ०५:५७ AM · 1 मिनेट पढाइ

बाढीपीडित उद्योगी-व्यवसायीलाई पाँच वर्ष कर छुट दिन महासंघको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योगी तथा व्यवसायीका लागि पाँच वर्षसम्म कर तथा गैरकर छुटसहितको विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् ।