डीडीसीका ३० वटा आउटलेट सञ्चालनमा आउँदै, अनलाइनबाट सेवा सुरुवातको पनि तयारी
काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्ना उत्पादन सहजै उपभोक्तामाझ पुर्याउने उद्देश्यले साउन महिनाभित्र काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ३० ‘आउटलेट’ सञ्चालनमा ल्याउने तयारी गरेको छ । उपभोक्ताको आवश्यकता र मागलाई ध्यानमा राखेर सेवा विस्तार गरिरहेको डीडीसीले नयाँ अवधारणा तथा मोडेलमा सेवा प्रवाह गर्ने तयारी थालेको हो ।
