SHARE
पर्दाफास · शुक्रबार​ ३० साउन २०८२ ०२:२१ PM · 1 मिनेट पढाइ

प्रहरीलाई शासक नभई जनताको सेवक भएर काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको शान्ति सुरक्षामा खटिएका नेपाल प्रहरीलाई शासक नभई जनताको सेवक भएर काम गर्न निर्देशन दिएका छन्। उनले आज जनकपुरधाममा मधेस प्रदेश प्रहरी कार्यालयको नवर्निमित भवनको उद्घाटनपश्चात आयोेजित समारोहलाई सम्बोधन गर्नुहँदै सो निर्देशन दिएका हुन्।