बीपी राजमार्गमा भदौ १५ सम्म राति गाडी चलाउन रोक
बीपी राजमार्गमा भदौ १५ सम्म राति सवारी सञ्चालनमा रोक लगाइएको छ । साउन महिनाभर रातको समयमा सवारी सञ्चालन रोक लगाइएकामा भदौ १ गतेदेखि १५ गतेसम्म समय थप गरिएको हो । जिल्ला प्रशासन कार्यालय काभ्रेले शुक्रबार सार्वजनिक गरेको सूचनामा राजमार्गमा भदौ १५ गतेसम्म रातिको समयमा राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको उल्लेख गरिएको छ ।
