SHARE
लोक पथ · बिहीबार २९ साउन २०८२ ०६:२३ AM · 1 मिनेट पढाइ

अवरुद्ध कालीगण्डकी कोरिडोर दुई दिनपछि सञ्चालन

गुल्मी ।  लगातारको वर्षाका कारण पहिरो गएपछि अवरुद्ध बनेकोे कालीगण्डकी कोरिडोर सडक सञ्चालनमा आएको छ ।  कालीगण्डकी कोरिडोर सडकअन्तर्गत गुल्मीखण्डको कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा सडक माथिबाट चट्टानसहितको पहिरो खसेपछि उक्त सडक दुई दिनदेखि पुर्णरुपमा अवरुद्ध बनेको थियो  ।