SHARE
लोक पथ · बिहीबार २९ साउन २०८२ ०६:३७ AM · 1 मिनेट पढाइ

मस्कलाई खुसी पार्दै ट्रम्प, अन्तरिक्ष नियमहरू सजिलो बनाउने गरी गरे हस्ताक्षर

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्वसल्लाहकार एलन मस्कलाई खुसी पार्ने सम्भावित कदममा केही वातावरणीय समीक्षाहरू हटाउनेसहित निजी अन्तरिक्ष उद्योगका लागि नियमहरू सजिलो बनाउने कार्यकारी आदेशमा बुधबार हस्ताक्षर गरेका छन् । संयुक्त राज्य अमेरिकामा अन्तरिक्ष प्रक्षेपणको संख्या ‘पर्याप्त रूपमा’ बढाउने लक्ष्य राखेको कार्यकारी आदेशलाई वातावरणीय समूहले ‘लापरवाह’ भनेर वर्णन गरेको छ ।