SHARE
लोक पथ · बिहीबार २९ साउन २०८२ ०७:१३ AM · 1 मिनेट पढाइ

सरकारले तोक्यो नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर, कुनको कति ?

काठमाडौं । सरकारले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपभोग दस्तुर तोकेको हो । जसअनुसार, कार र भ्यानहरूका लागि काठमाडौं आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तोकिएको छ ।  यस्तै मिनी बस/ट्रक काठमाडौं आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तिर्नुपर्ने छ ।