SHARE
लोक पथ · बिहीबार २९ साउन २०८२ ०९:०६ AM · 1 मिनेट पढाइ

रामहरिको राजीनामाले मात्रै राप्रपाले चित्त नबुझाउने, गर्‍यो कारबाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कुलिङ अफ पिरियड व्यवस्थामाथि छेड्खानी गर्नेलाई कानूनी कारबाहीमा ल्याउन माग गरेको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका राप्रपा सांसद ध्रुवबहादुर प्रधानले सो माग गरेका हुन् । उनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाल राजीनामा दिएर मात्र नपुग्ने बताए ।