SHARE
लोक पथ · बिहीबार २९ साउन २०८२ ०९:३२ AM · 1 मिनेट पढाइ

रसुवामा बस दुर्घटना

काठमाडौं । बिहीबार दिउँसो रसुवामा बस दुर्घटना हुँदा १० जा घाइते भएका छन् । आमाछोदाङ गाउँपालिकाको गत्लाङबाट काठमाडौंका लागि हिँडेको बा ४ ख ८४३५ नम्बरको बस रसुवाकै उत्तरगया गाउँपालिका–५ लहरेपौवामा बस दुर्घटना भएको हो । बस दुर्घटनामा १० जना घाइते भएको स्थानीय कृष्ण न्यौपानेले लोकपथलाई जानकारी दिए ।