मल आपूर्ति सहज बनाउने सरकारको उच्च प्राथमिकता : मन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल आपूर्ति सहज बनाउने विषयलाई सरकारको उच्च प्राथमिकतामा राखिएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री अधिकारीले अनुदानमा वितरण गरिने रासायनिक मलको आपूर्ति व्यवस्थापनलाई मन्त्रालयको प्रमुख कार्यादेशका रूपमा अघि बढाइएको बताए ।
