थुनछेक बहस नहुने भएपछि चक्रे मिलन फेरि प्रहरी हिरासतमा
भक्तपुर । जिल्ला अदालतमा थुनछेक बहसको पालो नपुगेपछि गुण्डा नाइके चक्रे मिलन पुनः प्रहरी हिरासतमा परेका छन् । अभद्र व्यवहार मुद्दामा काठमाडौं जिल्ला अदालतले बुधबार ३० हजार रुपैयाँ धरौटीमा रिहा गरेलगत्तै उनलाई कुटपिटसम्बन्धी अर्को मुद्दाको अनुसन्धानका लागि भक्तपुर पठाइएको थियो ।
