जसपा र राष्ट्रिय मुक्ति पार्टीबिच भएको सहमति पत्रमा के छ ? [पूर्णपाठ]
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय मुक्ति पार्टी, नेपालबिच कार्यगत एकता भएको छ । दुवै दलले यो एकतालाई एकता उन्मुख कार्यगत एकता का रूपमा व्याख्या गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा जसपा अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले एकताको घोषणा गर्दै घोषणापत्रमा हस्ताक्षर गरेका हुन् ।
