SHARE
लोक पथ · बिहीबार २९ साउन २०८२ ११:४१ AM · 1 मिनेट पढाइ

एन्फा महिला लिग छनोटको पहिलो खेलमा छहारी क्लब विजयी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा भएको एन्फा महिला लिग छनोटको उद्घाटन खेलमा छहारी युवा क्लब विजयी भएको छ ।  सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा आज भएको खेलमा छहारी क्लबले एफसी रियल क्लबमाथि ३–० को जित दर्ता गराएको हो ।