प्रधानमन्त्री र मन्त्रीहरुबिच आज कार्यसम्पादन सम्झौता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका सम्बन्धमा उपप्रधानमन्त्री, मन्त्री तथा मुख्यसचिवहरूबीच कार्यसम्पादन सम्झौता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा र आगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर एवं आदान–प्रदान गरिएको थियो ।
